२४ भाद्र, अमर काफ्ले। समूदाय र प्रहरी विचको सम्वन्ध सुधारका साथै सामाजिक उत्तरदायित्व वहनको उद्येश्य साथ स्थापना गरिएको सामुदायिक जन सेवा केन्द्र लामो समयको निश्किृयता पश्चात पूनः सकृय बनेको छ ।


जिल्ला प्रहरी कार्यालय मातहत रहेको केन्द्रलाई प्रहरी प्रमुख विद्यानन्द माझीको सकृयतामा ब्युताइएको हो । एकवर्ष अघि निकै सकृय रहेको केन्द्र त्यसयता ओझेल परेको थियो । समूदाय र प्रहरीबिचको समन्ध, जनमैत्री प्रहरी सेवा र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै सामुदायिक जन सेवा केन्द्रलाई पूनः सकृय बनाइएको प्रहरी प्रमुख माझीले बताए ।

केन्द्रले शनिवार भगवती र शनि मन्दिर परिषर सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा केन्द्रका अध्यक्ष सत्यनारायण मेहता सहित आवद्ध पदाधिकारी र सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो । सार्वजनिक स्थानको सरसफाई सँगै अन्य सामाजिक कार्यलाई निरन्तरता दिइने केन्द्रका अध्यक्ष मेहताले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia