इनरुवा/सुनसरीको देवानगञ्ज गाउपालिकामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । सनसरी जिल्ला अदालतका मूख्य न्यायाधिस अर्जुन प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा मेलमिलाप केन्द्रको स्थापना गरिएको हो ।
मेलमिलाप केन्द्रले विपन्न र सिमान्तकृत समुदायको सुरक्षा र न्यायमा पहुँचको काम गर्दछ । मेलमिलाप केन्द्रमा सम्वन्धित विषयको प्रशिक्षण प्राप्त व्यक्तिमार्फत स्थानीय तहका विवाद तथा समस्या प्रारम्भिक चरणमै मिलाउने प्रयास गर्ने गरिन्छ । जिल्ला न्यायाधिश अर्जुनप्रसाद पोखरेलले सामुदायिक मेलमिलाप केन्द्र मार्फत स्थानीय तहमै विवाद तथा मुद्धाजन्य प्रकृतिका घटना समाधान हुने हुँदा अदालतमा पुग्ने मुद्धाको चाप कमीहुने विश्वास व्यक्त गुर्नभयो ।









