२७ भाद्र, इनरुवा। अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले मगलबार विभिन्न मुद्धाका ४१ जना फरार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालतबाट कुटपिट मुद्धाका ७ जना, चोरी मुद्धाका १ जना,करकाप मुद्धाको २ जना, कुटपिट मुद्धाका १६ जना, अंशचलन मुद्धाका १ जना, केही सार्बजनिक मुद्धाका १४ जना गरि जम्मा ४१ जना फरार प्रतिवादी पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आजै अदालतमा उपस्थित गराएको सुनसरी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia