२ असोज, इनरुवा। चाडबाड नजिकिंदै जाँदा बढ्दो भिड र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले बैंक तथा वित्तिय कारोवार हुने स्थानमा निगरानी बढाएको छ ।  बैंक तथा वित्तिय कारोवार हुने स्थानहरुमा भिडभाडको मौका छोपी हुन सक्ने आपराधिक कृयाकलाप नियन्त्रणकालागि सुनसरी प्रहरीले विशेष निगरानी थालेको हो ।

दशैं नजिकिंदै जाँदा बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्न तथा अन्य आर्थिक कारोवारकालागि पुग्नेहरुको संख्या बढ्दो छ । सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले त्यस्ता क्षेत्रमा आवश्यकता अनुसारको सुरक्षा तैनाथी मिलाइएको बताउनुभयो । बैंक तथा वित्तिय संस्थाहरुमा गरिने कारोवारका क्रममा स्वयं चनाखो हुन र शकांस्पद गतिविधी भए प्रहरीलाई खबर गर्न एसपी माझीले सर्वसाधारणमा आग्रह समेत गर्नु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia