२ असोज, इनरुवा। हरिनगरा गाउँपालिकाको कार्यालयले गाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा भने आउन सकेको छैन् । गाउँपालिका क्षेत्रभित्र मदिराजन्य कारोवार बढेको भन्दै कार्यालयले पूरै गाउँपालिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
भारतीय बजारमा मदिरा सेवन तथा विक्रिवितरणमा बन्देज रहेकाले सीमापारीबाट समेत मदिरा खरिद तथा सेवनकालागि ग्राहकहरु नेपालतर्फ आउने गरेका छन् । सुरक्षा निकायसँगको समन्वयमा मदिरा निषेधित क्षेत्र घोषणाको प्रभावकारीताका लागि पहल थाल्ने गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।








