इनरुवा असोज ३/ विविध कार्यक्रमको आयोजना गरी सुनसरीमा समेत संविधान दिवस मनाइएको छ । सुनसरीका सबै १२ वटै स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम गरिएका छन् । स्थानीय निकायको आयोजनामा प्रभातफेरी तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएका छन् ।
सदरमुकाम इनरुवामा भने जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा संविधान दिवस मूल समारोह समितिले विविध कार्यक्रम गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, जिल्ला समन्वय समितिका सभापति गोपालराज भण्डारी, स्थानीय विकास अधिकारी तुलषी बहादुर श्रेष्ठ सहित सुरक्षा निकाय सहित सरकारी कार्यालयका प्रमुख तथा उद्योग वाणिञ्ज संघ लगायतको उपस्थितीमा संविधान दिवस मनाइएको छ ।
दिवसका अवसरमा मूल समारोह समिति सुनसरीले इनरुवा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण सहित प्रभातफेरी तथा संविधान दिवस विषयक अन्र्तकृयाको आयोजना गरेको थियो ।










