इनरुवा असोज ४/राष्ट्रिय सुचना आयोगका आयुक्त किरण पोखरेलले समाजमा व्याप्त कुरिती र कुसंस्कारको अन्त्यकालागि संचार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको धारणा राखेका छन् ।सुनसरी सदरमुकाम इनरुवाबाट प्रशारण आरम्भ गरेको एडभान्स एफएमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पोखरेलले जिम्मेवारी बोध गर्दै सुचना र समाचार सम्प्रेशणमा जुट्न संचारमाध्यम र संचारकर्मीहरुलाई आग्रह गरेका हुन् ।


कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, नगर प्रमुख राजन मेहता सहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहरुले एफएमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, पूर्व अध्यक्ष केशव घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


एडभान्स एफएमले औपचारिक प्रशारण थाल्नुपूर्व सदरमुकाम इनरुवामा पपुलर एफएम एकमात्र एफएमका रुपमा रहेको थियो । एडभान्स एफ एम १०१.८ मेगाहर्जको स्टेशन म्यानेजर ताविल अंसारी रहेका छन् । इकवाल अहमद कार्यकारी निर्देशक रहेको सो एफएमको समाचार संयोजकमा प्रमोद यादव रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia