इनरुवा /सामूदायिक जनसेवा केन्द्र इनरुवाले सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख लगायतलाई सम्मान गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीलाई सम्मान गरिएको हो ।

त्यसैगरी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र कोशी गाउँपालिका प्रमुख अयुव अन्सारी समेत सम्मान गरिएको छ । स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठका साथै सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी, ससस्त्र प्रहरी उपरीक्षक ऋषिदेव कार्की, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल र प्रहरी निरीक्षक शेषकराम थन्थार समेत कार्यक्रममा सम्मानित भएका छन् । सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार राजनारायण साहलाई सम्मान गरिएको छ । दाइजो नलिई विवाह गर्ने साहलाई प्रोत्साहन तथा सामाजिक उदाहरणकालागि सम्मान गरिएको संस्थाका अध्यक्ष सत्यनारायण मेहताले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia