इनरुवा/सुनसरी प्रहरीले हरिनगरा गाउँपालिका वडा नम्वर ५ साविकको बसन्तपुर गाविसबाट ५ वटा टयाक्टर सहित ४ सय क्विन्टल गहुँ बरामद गरेको छ । खुला सीमाको प्रयोग गरी भारतबाट नेपाल तर्फ गहुँ लोड गरी ल्याउदै गरेको ट्याक्टर प्रहरीले गयराती सीमावर्ती क्षेत्रबाट नियन्त्रमा लिएको हो ।

सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले गहुँ सहित टयाक्टर नियन्त्रणमा लिएको थियो । टयाक्टर चालक भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ । बरामद ट्याक्टर र गहुँ भन्सार कार्यालयमा बुझाइएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताए ।








