इनरुवा/सेवाग्राहीको बढ्दो भिडका कारण नयाँ नोट सटहीमा समस्या देखिएको छ । राष्ट्रिय बाणिञ्य बैंक इनरुवा शाखामा ८ करोड नयाँ नोट आएको छ । बैंकका प्रवन्धक पेसल ढुङगानाका अनुसार जिल्ला भरका शिक्षकको चौमासिक निकाशा, कर्मचारी पेन्सन र अन्य सेवाग्राहीको भिडका कारण जनशक्ति अभावमा नयाँ नोट सटहीमा कठिनाई भैरहेको छ ।

बैंकले दशैं नजिकिएसँगै बढेको भिडलाई लक्षित गरी नगद बुझ्ने र जम्मा गर्ने काउण्टर थप गरेको जनाएको छ । नयाँ नोट सटहीकालागि भने कार्यालय सयमको दिनको ३ बजेपछिको समय छुट्याइएको राष्ट्रिय बाणिञ्य बैंक इनरुवाका प्रवन्धक ढुङगानाले बताए । प्रबन्धक ढुङगानाका अनुसार एक व्यक्तिले १८ हजार ५ सय सम्म नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकबाट प्राप्त नयाँ नोटहरु स्थानीय तहमा रहेका प्राइभेट बैंक तथा वित्तिय संस्थाका साथै बाणिज्य बैंकका अन्य शाखाकालागि समेत वितरण गरिएकाले सर्वसाधारणले त्यहाँबाट समेत नयाँ नोट प्राप्त गर्न सक्ने प्रबन्धक ढुङगानाले जानकारी दिए ।








