
इनरुवा असोज ४/इनरुवा नगरपालिकाको कार्यालयले शान्तिका प्रतिक जोडी परेवा उडाएर संविधान दिवस समापन गरेको छ । भगवती मन्दिर परिषरमा विशेष कार्यक्रमको आयोजना गरी नगरप्रमुख राजन मेहताले परेवा उडाएर दिवस समापनको घोषणा गरे ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । सहभागिहरुले सामूहिक रुपमा परेवा उडाएका थिए । संविधान दिवसका अवसरमा सदरमुकाममा इनरुवा नगरपालिका र दिवस मूल समारोह समितिले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।










