६ असोज, इनरुवा । शान्ति सुरक्षा र शुसासन कायम गर्ने उद्येश्य साथ सुनसरीमा प्रहरी हाम्रो टोलमा नामक अभियान थालनी गरिएको छ ।
जनतासँग प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम संचालन गर्दै आएको नेपाल प्रहरीले सुनसरीबाट प्रहरी हाम्रो टोलमा अभियान सुरु गरेको हो ।

शान्ति सुरक्षा र शुसासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो । नेपाल प्रहरीले उक्त अभियानलाई देशभरका जिल्लाहरुमा संचालन गर्दैछ । सुनसरीमा भने जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रहरी हाम्रो टोलमा अभियान संचालनमा ल्याइएको हो ।
अभियानबारे जानकारीकालागि सदरमुकाम इनरुवामा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, प्रहरी प्रमुख एसपी विद्यानन्द माझी लगायत सरकोरवालाहरुको उपस्थितीमा र्याली निकालिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा अभियान बारे जानकारी दिलाइएयो । अभियान संचालन भएपछि अब हरेक टोलमा प्रहरीको उपस्थिती रहने छ । आवश्यक्ता अनुसार प्रहरी शान्ति सुरक्षा र जनमैत्री सेवा प्रवाहमा खटिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।











