६ असोज, अमर काफ्ले इनरुवा । सामाजिक सेवा दिवसको अवसरमा इनरुवामा हाम्रो सञ्जाल नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भगवती माविको हातामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष सितोष पोखरेलले बताए ।
रगतको अभाव हुन नदिन र बढ्दो मागलाई ध्यानमा राखी रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रमेश कटवालले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व पुरा गर्ने खालका विविध कार्यक्रम संचालन गर्दै लैजाने जनाएको छ ।















