
इनरुवा असोज ७/किशोरीका हक अधिकार सहित उजज्वल भविष्यकालागि मार्गनिर्देशको उद्येश्यसाथ १० दिने प्रशिक्षण सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च कोकन र सृष्टि समाज सुनसरीको संयुक्त आयोजनामा सुनौलो भविष्य पहिचान कार्यक्रम अन्र्तगत किशोरी शिक्षा कार्यक्रम संचालनमा सघाउ पुर्याउने उद्येश्यले जिल्लाका सहजकर्ता र सुपरभाइजरहरुलाई दश दिने प्रशिक्षण दिइएको हो ।
प्लान सुनसरीको सहकार्यमा सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिममा ३३ जनाको सहभागिता रहेको थियो । सो तालिममा किशोरीको प्रजनन तथा उज्जवल भविष्य छनौट, महिला तथा बालबालिकाको पक्षमा भएका कानुन तथा लैंगिक हिंसा र प्रजनन स्वास्थ्य अधिकारको विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमको सहजिकरण बच्चुराम बस्नेतले गरेका थिए ।
कार्यक्रम समापनपूर्व सुनसरीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले समेत सहभागिहरुलाई सहजिकरण गरेका थिए । समूदायमा ९ महिने सुनौलो भविष्य पहिचान कक्षा संचानलमा ल्याइने कोकन पूर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले बताइन् । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी निमित्त महिला बिकास अधिकृत शुशिला कार्की लगायतको उपस्थिती रहेको थियो ।








