इनरुवा असोज ७/ सुनसरीको इटहरीमा संरक्षण विषयक क्षेत्र विस्तृत लेखाजोखा प्रारम्भ सम्वन्धि एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।युनिसेफ फिल्ड अफिस विराटनगरको सहकार्यमा, महिला तथा बालबालिका कार्यालय इनरुवाको समन्वय र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरी आयोजना सो कार्यक्रम संचालन गरिएको हो ।


हिंसा र विपद प्रभावित बालबालिका तथा महिला हिंसा न्यूनिकरणलाई प्राथमिकतामा राखी अभिमूखिकरण कार्यक्रमको आयोजना गरिएको कोकनले जनाएको छ । कार्यक्रममा सुनसरीका १२ वटै स्थान तहबाट रहेका स्थानिय बाल क्लवका प्रतिनिधि, सामाजिक परिचालक र संघ संस्थामा आबद्ध गरी ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण युनिसेफ विराटनगर प्रतिनिधि अनपूर्ण मिश्र र कोकन कार्यक्रम संयोजक हेमन्त राज पौडेल, महिला तथा बालबालिका कार्यालय सुनसरीकी निमित्त महिला विकास अधिकृत सुशीला कार्कीले गरेका थिए । बाढीपछि विपद प्रभावित महिला तथा बालबालिकामाथिको हिंसाको अवस्था र तथ्याङ्क लेखाजोखा गर्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia