
इनरुवा असोज ७/ सामूदायिक जनहित सेवा केन्द्र इनरुवाले इटहरी उपमहानगरपालिकाका प्रमुख सहितलाई सम्मान गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी सहित रामधुनी नगरपालिकाको उपप्रमुख सविना चौधरी नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी प्रमुख विद्यानन्द माझी, ससस्त्र उपरीक्षक ऋषिदेव कार्की, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष सत्यनारायण मेहता र उपाध्यक्ष बोधराज घिमिरेले सम्मान गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जनतालाई निराश हुने अवस्था आउन नदिने भन्दै इटहरीलाई बिकासको गतिमा नमूना बनाई छाड्ने अठोट व्यक्त गर्नु गरे ।








