इनरुवा असोज ८/इनरुवा बलाहाकी १ सय ३ वर्षिया शान्तादेवी पोखरेलको आज साँझ निधन भएको छ । इनरुवा क्षेत्रमा रहेका जेष्ठ नागरिकहरु मध्येमा वहाँ सबैभन्दा जेष्ठ हुनुहुन्थ्यो । शान्तादेवी गत भदौ १ गतेबाट १ सय ३ वर्षमा प्रवेश गर्नु भएको थियो । शान्तादेवीका दुई छोरा र चार छोरी रहेका छन् । शान्तादेवीलाई प्रगतिशिल बिचारकी प्रणेताका रुपमा लिने गरिन्छ ।

शान्तादेवीका जेष्ठ सुपुत्र जिवनाथ पोखरेल नेपालमै एन आर्टका प्रणेताका रुपमा चरा बा नामले परिचित हुनुहुन्छ । वहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ समेत रहनु भएको छ । कान्छा छोरा खेमराज पोखरेल पञ्चायतकालदखिनै कम्युनिष्ट राजनीतिमा सकृय रहँदै आउनु भएको छ । जनपक्षिय वडाध्यक्ष देखि इनरुवा नगरपालिकाको मेयर हुँदै संविधान सभा निर्वाचनमा सांसदका उमेद्वार समेत वहाँ बन्नु भएको थियो । हाल वहाँ नेकपा एमाले सुनसरीको प्रभावशाली नेताका रुपमा रहनु भएको छ । इनरुवाकी जेष्ठ महिला शान्तादेवीको सोमबार अनत्येष्टी गरिने परिवारजनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia