इनरुवा असोज/सुनसरीको भाण्टावारीबाट १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय ठेकेदार, व्यापारी र भारतीय ठेकेदारहरु रहेको बुझिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले भाण्टावारी बजारमा रहेको तारा होटलको माथिल्लो घरको तल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जुवा खाल सहित प्रहरीले ४ लाख २२ हजार १ सय ३५ नेपाली र भारु ९२ हजार ३ सय ८० रुपैंया समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा एैन अन्र्तगत मुद्धा अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।








