९ असोज, इनरुवा। रोहिंग्या मुस्लिमहरुमाथि भैरहेको नरसंहारको विरोध गर्दै सुनसरी मुस्लिम समाजले सरकारको ध्यानाकर्षण गराएको छ । र्याली सहित जिल्ला प्रशासन कार्यालय पुगेको मुस्लिम अगुवा सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली मार्फत प्रधानमंत्रीको कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

विज्ञप्ती मार्फत मुस्लिम समाज सुनसरीले नेपाल स्थित रहेको म्यानमारको दुतावासमा विरोध दर्शाउर्दै कुटनीतिक दबाब सहित संयुक्त राष्ट्र संघमा आवाज उठाउन नेपाल सरकारसँग माग गरेको छ । रोहिंग्यामाथिको अत्याचारले मानवअधिकारको घोर उल्लंघन गरेकाले कुटनीतिक दबाबका लागि सुनसरीका मुस्लिमहरु संगठित भई विरोधमा उत्रिएको मुस्लिम समाज सुनसरीका अगुवा नइम अन्सारीले बताउनुभयो ।








