इनरुवा असोज ९ /संघीय समाजवादी फोरमका वडाध्यक्ष सहित १२ जना सुनसरीको भाण्टावारीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कोशी गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष विन्देश्वरप्रसाद यादव सहित केही भारतीय र नेपाली नागरिक गरी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले भाण्टावारी बजारमा रहेको तारा होटलको माथिल्लो घरको तल्लाबाट गएराती उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरु स्थानीय व्यापारी, ठेकेदार र भारतीय व्यापारी रहेकाछन् ।

पक्राउ पर्नेहरुमा इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, बिनोद अटल, शम्भु कुमार साह, महेन्द्र यादव रहेका छन् । त्यसैगरी भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, कोशी गाउँपालिका ८ का बिन्देश्वर यादव, सोही स्थानका महेन्द्र यादव, संखुवासभाका बिनोद ओझा र भारत पटनाका राम अयोध्या शर्मा रहेका छन् । जुवा खाल सहित प्रहरीले ४ लाख २२ हजार १ सय ३५ नेपाली र भारु ९२ हजार ३ सय ८० रुपैंया समेत बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई जुवा एैन अन्र्तगत मुद्धा अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia