११ असोज, राजविराज। नेपालीको महान् चाड विजयादशमीको साताै दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानै देखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेकाे छ । पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसैको घटस्थापनादेखि आज फूलपातीको दिनसम्ममा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन पूजाआजाको लागि आएका छन्।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा पर्ने पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको भारदह–१ स्थित कंकालिनी भगवती मन्दिरमा समेत घटस्थापनादेखि आज फूलपातीसम्ममा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनले पूजा गरेका छन् । साथै, आज फूलपातीको दिनमा झन भीड लागेको छ । यो मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन रहेको छ । यस्तै, सप्तरीको राजविराजस्थित राजदेवी मन्दिर र भगवती मन्दिरमा समेत भक्तजनको भीड लागेको पूजाआजाको लागि आएका राजविराज–४ का श्याम रजकले बताउनुभयो । त्यस्तै, पातोस्थित माँ डाक्नेश्वरी मन्दिरलगायत जिल्लाका विभिन्न मन्दिरमा पनि दर्शनार्थीको भीड रहेकाे छ  ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia