
इनरुवा असोज १२ /सामाजिक सेवा पुरस्कारबाट सम्मानित भएका हिदायत एजुकेशनल वेलफेयर ट्रस्ट इनरुवाका संस्थापक मौलाना हारुन खानलाई सम्मान गरिएको छ । सुनसरी जिल्लाबाट लोककल्याणकारी र मानविय सेवामा समर्पित भई समाज सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै मौलाना हारुनलाई राष्ट्रपती विद्यादेवी भण्डारीले सामाजिक सेवा सम्मानबाट पुरस्कृत गर्नुभएको थियो ।

सामाज कल्याण परिषद्ले ३८औं सामाजिक सेवा दिवसको अवसरमा सामाजिक सद्भाव र सहिष्णुता कायम राख्नकालागि लामो समयदेखि लोककल्याणकारी काम मार्फत समाजमा उल्लेखनिय योगदान पुरयाएको भन्दै असोज ६ गते मौलाना हारुन खानलाई नगद सहित सम्मान गरेको थियो ।दारुल उलुम हिदायतुल इस्लाम इनरुवा २, जामिया हफ्सा बबिया लगायतका विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी मौलाना हारुनलाई स्वागत तथा सम्मान गरेका हुन् । बधाई कार्यक्रममा मौलाना अयुव खान, उमर फारुख खान, अल्लाउद्दीन हुसेन, हजरत हुसेन, राजेन्द्र पोखरेल, ताविल अन्सारी, अजित झा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।








