इनरुवा,१३/ पूर्व पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका ८ भाण्टावारी सडक खण्डमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ७ ख २११६ नम्वरको यात्रु बस र विपरित दिशाबाट आइरहेको को ६ प २७९१ नम्वरको पल्सर मोटरसाइकल आपसमा ठोकिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका १३ खनारका करन सरदार र सोही स्थानका मोटरसाइकलमा पछाडी बसेका सुरज कुमार बातरको ज्यान गएको हो । गम्भिर घाइते दुवैलाई उपचारकालागि इनरुवा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक शेषकराम थन्दारले जानकारी दिनुभयो । मृतक दुवै मन्दिर दर्शन तथा पुजाकालागि सप्तरी तर्फ हिंडेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia