१६ असोज, इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थित मध्यहोर्साहिमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री घाईते भएका छन्। ठक्करबाट घाईते हुनेमा सुनसरी हरिनगरा गाउँपालिका ४ बस्ने १५ बर्षिय राम कुमार पाल रहेका छन्।
घाईते उनलाई उपचारकालागी धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।








