इनरुवा असोज १९/सुनसरी प्रहरीले भन्सार छलिको ३३ लाख मूल्य बराबरको कपडा सहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
देवानगञ्ज गाउँपालिका वडा नम्वर ४ बाट प्रहरीको टोलीले कपडा लोड गरिएको को १ ख २१२९ नम्वरको मिनी ट्रक बरामद गरेको हो ।
चालक तथा कपडाधनी पक्राउ नपरेपनि ३३ लाख बजार मूल्यको कपडा र १२ लाख मूल्य अनुमान गरिएको मिनी ट्रक बरामद पश्चात आज सार्वजनिक गरिएको छ ।सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बरामद सामान भन्सार कार्यालय बुझाइने बताउनुभयो । मिनि ट्रकको नम्वरको आधारमा चालक र भन्सार छलिको सामानबारे पत्ता लगाइने एसपी माझीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia