१९ असोज, इनरुवा। इनरुवा नगरपालिका वडा नम्वर ४ रेडक्रस वस्तीमा मोटरसाइकलको ठक्करले दुई वर्षे बालकको ज्यान गएको छ ।
बा ५ च ४२२७ नम्वर नम्वरको मोटरसाइकलको ठक्करबाट स्थानीय नमन कुमार सदाको ज्यान गएको हो । घाइते बालकलाई उपचारकालागि इनरुवा अस्पताल लैजाने क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।








