
असोज २३ इनरुवा/नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र पोखरेल सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
इनरुवामा आज साँझ आयोजित एक औपचारिक कार्यक्रमकाबिच नेपाली काँग्रेस, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाका नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रदेश नम्वर १ का संयोजक भीम आचार्यले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गर्नेहरुमा नेकाका महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुर , क्रियासिल सदस्य सुरेन्द्र प्रसाद स्वर्णकार , फोरम नेपालका युवा नेता चन्दन कुमार यादव, सञ्जय यादव रमेश पोदार , मिना सोनी, मनिश सोनी ,मनोज सोनी , अनु सोनी , अञ्जु सोनी , सारिका सोनी , केशव श्रेष्ठ, अक्बिका श्रेष्ठ, बिजय गुप्ता, विष्णु महत क्षेत्री, गौराबहादुर मगर, रुपेश यादव विरेन्द्र शर्मा, सुरज सरदार, मनोज गुप्ता, लालविकाश मगर , महम्मद सज्जाद लगाएका रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले सांसद रेवतीरमण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।









