इनरुवा असोज २५/अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बाम गठबन्धनलाई तासको घरको संज्ञा दिएका छन् । मंत्री कार्कीले गठबन्धन भित्रकै किचलो एमाले पतनको कारण बन्ने ठोकुवा समेत गरे ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री कार्कीले मूलुकको निकाशकालागि नेपाली काँग्रेस बाहेकको विकल्प नभएकाले बताए । नेकपा एमाले र पार्टी नेतृत्वलाई मंत्री कार्कीले एक दलिय तानाशाहीका रुपमा ब्याख्या गरे । उनले एमाले राष्ट्र एकता नचाहने र राष्ट्रिय एकताको विखण्डनकारी भएको आरोप लगाए । मंत्री कार्कीले एमाले, माओवादी र नयाँ शक्तिबिचको गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबी समेत गरे ।
मंत्री कार्कीको उपस्थितीमा एमालेका तर्फबाट स्थानीय तह निर्वाचनमा देवानगञ्ज गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका सन्तोष भगत सहित राप्रपा र फोरम लोकतान्त्रिक त्यागी ८ सय बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टी सभापती राजिब कोइरालाले बताए ।








