असोज २५ /प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले अपराध रहित समाज निर्माणकालागि नागरिक प्रहरी हातेमालोको आवश्यक्ता औल्याएका छन् । सामूदायिक प्रहरी सेवा केन्द्र इनरुवाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै एआइजी उपाध्यायले अपराध रहित समाज निर्माणकालागि सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका हुन् ।


उपाध्यायले प्रहरी मात्रले अपराध निरमुल पार्न नसक्ने भएकाले सही सत्य सूचनाको प्रवाह र आपसी सहकार्यमाथि जोड दिए । मातहतका प्रहरी कार्यालयको अनुगमन निरीक्षणका क्रममा एक नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी उपाध्याय सुनसरी पुगेका थिए । ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia