२६ असोज, इनरुवा। सुनसरीको कोशी गाउँपालिको प्रथम गाउँसभा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधीहरुले बहिस्कार गरेका छन् ।

पुर्व सूचना बेगर सभा डाकिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले गाउँसभा बहिस्कार गरेका हुन् । कोशी गाउँपालिकामा एमालेबाट १२ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । उनिहरुले गाउँकार्यपालिकाको कार्यालयले सरसल्लाह र विना जानकारी गाउँसभा डाकेकाले सामूहिक रुपमा गाउँसभा बहिस्कार गरेको बताए ।

एमालेबाट कोशी गाउँपालिका वडा नम्वर ६ का निर्वाचित वडाध्यक्ष इन्द्रदेव यादवले एमाले बाट निर्वाचित कुनै पनि जनप्रतिनिधीहरुलाई गाउँसभाबारे पुर्व सुचना नदिइएको र अध्यक्षले आफुखुशी गर्न लागेको भन्दै आजकालागि बोलाइएको गाउँसभा बहिस्कार गरेको बताउनुभयो ।

कोशी गाउँ कार्यपालिकाका सदस्य श्याम सुन्दर सिंहले निर्वाचन आचार संहिता उल्लंघन गरी डाकिएको गाउँसभा आफुहरुलाई मान्य नहुने बताउनुभयो । विना जानकारी र आचारसंहिता विपरित डाकिएको गाउँसभाको पक्षमा आफुहरु सहमत नरहेको सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia