२६ असोज, इनरुवा। पूर्वाञ्चल गोर्खा भूतपुर्व सैनिक संगठन धरान सुनसरीको आयोजनामा रामधुनी ९ मर्चैयामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

लायन्स क्लब अफ रामधुनी र रामधुनी नगरपालिका ९ नम्वर वडा समितिले चन्द्रकमल माविमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
ग्रामिण भेगका सर्वसाधारणको सहज स्वास्थ्योपचारकालागि शिविर आयोजना गरिएको भूतपुर्व गोर्खा सैनिक संगठनका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सको टोलीले नाक,कान,दाँत, छाला जस्ता स्वास्थ सेवा प्रदान गरेको थियो ।
कार्यक्रममा विपन्न दुई दर्जन बढी परिवारलाई लत्ताकपडा समेत बितरण गरिएको लायन्स क्लब अफ रामधुनीका अध्यक्ष हर्षलाल चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia