२७ असोज, इनरुवा। सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्।
विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वेला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे अनुसन्धान भइरेहको उक्त कार्यालयले जानएको छ।








