२९ असोज, इनरुवा। सुनसरीको रामधुनि नगरपालिका- २ शिवनगर बस्ने शिव नारायण चौधरीको घरमा आइतबार आगलागी भएको छ।
विहान ९ बजेतिर चौधरीको दुई तले घरमा अचान्क लागेको घरभित्र भएको सुन, चाँदी, अन्नपात, लत्ताकपडा लगाएत सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको पिडितले बताए। आगलागी २ वटा दमकल, स्थानिय तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले १ घण्टापछी नियन्त्रणमा लिएको उक्त कार्यालयले जानएको छ।








