२९ असोज, इनरुवा। अदालतले दुई वर्ष कैद तथा नगद जरिमाना तोेकेका एक व्यक्ति दुई वर्ष पछि पक्राउ परेका छन् ।
कुटपिट अंगभंग मुद्धामा उच्च अदालत बिराटनगरले सजाय फैसला गरेको सुनसरीको राजगञ्ज सिनवारीका योगानन्द यादवलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा पक्राउ परेका यादवलाई सुनसरी प्रहरी जिल्ला अदालत सुनसरीमा बुझाएको छ ।








