२९ असोज, इनरुवा। सुनसरी प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले कोशी गाउँपालिका ८ बाट सप्तरीको रुपनी गाउँपालिका ५ बस्ने बस्ने राजेन्द्र कुमार तामाङ र इनरुवा ३ बाट इनरुवा ८ बस्ने सलामत मियालाई पक्राउ गरेको हो ।

प्रहरीले राजेन्द्रको साथबाट लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाईजी ल्याप ५० एम्पुल बरामद गरेको छ । त्यसैगरी पक्राउ परेका सलामत मियाको साथबाट प्रहरीले नाइट्रोसन ट्याब्लेट ७५ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध ऐन अन्र्तगतको मुद्धा अघि बढाइएको प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia