अमर काफ्ले असोज ३१ । हातमा सुनका बाला, घाँटीमा सिक्रि अनि एप्पल कम्पनीका मोबाइल । हेर्दैंमा हुनेखाने अनि सम्पन्न वर्गको छनक दिने युवा वर्ग यतिवेला म्यादी मोहमा झुम्मिएका छन् । तातो घामको परवाह नगरी युवायुवतीले म्यादी प्रहरी बन्ने सपना बुन्दै घण्टौं लाइनमा बसेर आवेदन बुझाएका छन् ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि आवेदन खुला गरिएको म्यादी प्रहरीमा भर्ना हुन आउनेको भिड स्थानीय तह निर्वाचनताका सरह छ । ५५ दिनकालागि म्यादी प्रहरीमा सेवा वापत नेपाल प्रहरीको जवान सरहको सेवा र सुविधा पाउने व्यवस्था तोकिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा ५ हजारको संख्यामा आवेदन परेको छ । आवेदन बुझाउनेहरुमा अधिकांश युवायुवती छन् ।

आवेदन फारम बुझाउन जिप्रका अघि लाइनमा बसेकी चन्द्रकला नाम बताउने एक युवती म्यादीमा भर्ना हुनुलाई आम्दानीको पाटो भन्दा पनि दीर्घकालिन उपलब्धीका रुपमा हेरेको बताउँछिन् । मेरो रहर बैदेशिक रोजगार हो । सुरक्षा गार्डमा रोजगारीकालागि विदेशिने सपना सार्थक तुल्याउन म्यादी प्रहरीमा भर्ना सँगै तालिम र प्राप्त ज्ञान उपलब्धी मूलक बन्नेमा उनि आशावादी देखिन्थिन् ।

अघिल्लो पटकको निर्वाचनका क्रममा म्यादीमा भर्ना हुन आउनेहरु अधिकांशको धारणा पैशा कमाउ मात्रै थियो । यस पटक भने म्यादी भर्न आउने युवाको सोचमा आमूल परिवर्तन देखिएको छ । विवेक चौधरी म्यादी नियुक्तिको प्रमाणपत्र र परिचयपत्र वैदेशिक रोजगारीको प्रयोजनमा लाभदायक हुने बताउँछन् । नेपालमा यस्ता अवसर बारबार आउँदैन् । बेरोजगार समस्या ब्याप्त छ । एकदिन विदेशिनु अनिवार्य छ ।

जसकालागि सुरक्षा गार्डमा जान म्यादी भर्ना, तालिम र प्राप्त कागजात सँगै परिचय पत्र प्लस पोइन्ट हुने उनले बताए । अधिकांश तन्नेरी जमातको भिड छ म्यादीमा । विपन्न समूदाय त्यस्मा पनि बेरोजगारी समस्याले गाँजिएका युवामात्रै नभएर आर्थिक रुपले सम्पन्न अनि रहरमा भर्ना हुन आउने जमात समेत उत्तिकै छ । स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकाले समेत प्रतिनिधी र प्रदेशसभाकालागि आव्हान गरिएको म्यादी भर्नामा युवायुवतीको क्रेज थप बढेको छ । ५५ दिने काम गरेवापत म्यादी प्रहरीले करिव ४० हजारको हाराहारीमा रकम बुझ्ने छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia