३१ असोज, इनरुवा। सुनसरीमा देउसी भैलो राती १० बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै राती १० बजेपछि देउसी भैलो कार्यक्रम गर्न नपाइने जनाएको हो ।
सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझिले चाडबाडलाई व्यवस्थित र मर्यादित बनाउन समयसीमा तोकिएको बताउनु भयो ।
एसपी माझीले देउसी भैलो कार्यक्रम गर्दा तडकभडक नगरी शान्तिपूर्ण तवरले मर्यादित भएर मनाउन आग्रह गर्नुभएको छ । यसैबीच सुनसरी प्रहरीले तिहारमा हुने पटाकाजन्य वस्तुको बिक्रिमा कडाई गरिएको जनाएको छ । मादक पदार्थ सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउने तथा अटेर गर्नेहरुका सवालमा नियन्त्रणमा लिई आवश्यक कार्वाही अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।








