इनरुवा १ कात्तिक/इनरुवा नगरपालिका वडा नम्वर ५ मा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको छ । वडाका देउराली चोक, प्रगति चोक,चौधरी टोल, विपी चोक र देवेन्द्र चोक गरी पाँच स्थानमा निशुल्क फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।

इनरुवा नगरपालिका ५ नम्वर वडा कार्यालयल ति स्थानहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो । स्थानीय तह निर्वाचनका क्रममा उद्घोष गरिएका वाचाहरु पुरा गर्ने क्रममा बलाहामा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको वडाध्यक्ष अञ्जनी पोखरेलले बताए । स्थानीय तहको विकास लक्षित आफ्ना योजना र जनताको आवश्यकता र माग बमोजिमका हितमूखि एजेण्डा क्रमश पुरा गर्दै अघि बढ्ने वडाध्यक्ष पोखरेलले विश्वास दिलाए ।

वाइजोन नामक इन्टरनेट सेवा प्रदायक कम्पनीसँगको समन्वयमा सुरुवात गरिएको फ्रि वाईफाई सेवा तिहार अवधीभर २४ सै घण्टा खुल्ला रहने बताइएको छ । त्यसपछि भने स्थानीय अभिभावक लगायतको सुझावका आधारमा विहान वेलुका पायक पर्ने समयमा उपलब्ध गराइने वडाध्यक्ष पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia