५ कार्तिक, इनरुवा। ईनरुवा नगरपालिका ५ बलाहा चौकमा शनिबार राती मोटरसाईकलको ठक्करबाट ४ जना पैदलयात्री घाईते भएका छन्। ईनरुवाबाट बलाहा जाँदै गरेको स ७ प ८८६ नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने पैदलयात्री बर्ष ४८ को मणिराम दाहाल, बर्ष ५० कि चलीमाया मगर, बर्ष ५५ की कमला मगर र बर्ष ४० कि हिरामाया मगरलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते उनीहरुलाई उपचारकालागी इनरुवा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia