७ कार्तिक, इनरुवा अमर काफ्ले । उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मंत्री बिजय कुमार गच्छदारले वर्तमान समयका माग अनुरुप आफु माउ पार्टीमा फर्किएको बताएका छन् । नेपाली काग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको शुभकामना तथा चिया पान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री गच्छदारले राजनैतिक अस्थिरता र मुलुकको आवश्यक्तालाई महसुस गरी नेपाली काँग्रेसमा फर्किएको बताए ।

यतिवेला काँग्रेस कठिन राजनैतिक मोडबाट गुज्रिरहेको छ । त्यसैलेपनि लोकतन्त्रको रक्षाका साथै मुलुकको समृद्धिकालागि काँग्रेसमै फर्किएको उनको भनाई थियो । लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसको एकताले बाम गठबन्धनलाई धरापमा पार्ने वहाँले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बाम गठबन्धन एकतन्त्रिय तानाशाही तर्फ उन्मूख देखिएकाले आगामी निर्वाचनले बाम एकतालाई पत्ता साफ गरिदिने ठोकुवा गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दैै वाणिज्य मंत्री मिन विश्वकर्माले मुलुकको शान्ति, समृद्धि र बिकासकालागि नेपाली काँग्रेस बाहेकको विकल्प नरहेको धारणा राखेका थिए । कार्यक्रम काँगेस सुनसरी सभापति राजिब कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।फेसबुकको वालबाट तस्बिर साभार








