९ कात्तिक, इनरुवा। मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि सुनसरीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा स्थित भगवति माविको नयाँ भवनमा स्थापना गरिएको छ । औपचारिक कार्यक्रमकाबिच कार्यालय उद्घाटन गरिएको हो ।

सुनसरीकालागि मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला अदालत सुनसरीका जिल्ला न्यायाधिस पुरुषोत्तमप्रसाद ढकाललाई तोकिएको छ । सुनसरीमा प्रतिनिधी सभाकालागि ४ निर्वाचन क्षेत्र र प्रदेश सभाकालागि प्रत्येक निर्वाचन क्षेत्रमा २ प्रदेश सभा रहने गरी ८ प्रदेश सभा कायम गरिएका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्वर १ (एक) का लागि बालकृष्ण वाग्ले, क्षेत्र नम्वर २ कालागि बलराम लम्साल, ३ कालागि टिकाभुषण घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको हुँदा तीनैवटा क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय समेत आजैबाट स्थापना भएको छ । निर्वाचन क्षेत्र नम्वर २ र ३ को कार्यालय भने जिल्ला समन्वय समिति सुनसरी परिषरमा स्थापना गरिएको छ । भगवति माविको भवनमा मूख्य निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन क्षेत्र नम्वर १ र ४ को कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै कर्मचारीहरुले आजैबाट जिम्मेवारी सम्हालेका छन्








