इनरुवा कात्तिक १२ /विपद् जोखिम न्यूनिकरण सम्वन्धमा गृह मन्त्रालयको टोलीले सुनसरीका सरोकारवालाहरुसँग परामर्श गरेको छ ।
मन्त्रालयका उपसचिव शंकरहरी आचार्य सहितको टोलीले इनरुवामा जिल्ला विपद् व्यवस्थापन समितिमा आवद्ध संघसंस्था सहितका सरोकारवाला निकायका प्रतिनिधिहरुसँग जिल्लाको समस्या र भैआएका गतिविधीका बारेमा छलफल गरेको हो ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख समेत रहेका उपसचिव आचार्यले सुनसरीको कोशी समस्या, वर्षातको समयमा हुने डुबान, आगलागी जस्ता विपद्जन्य घटना र पूर्व तयारीको अवस्था बारेमा जानकारी लिएका थिए । जिल्लागत अवस्था, पूर्व तयारी र स्रोत साधन लगायतका बारेमा प्रशासकिय अधिकृत केशवप्रसाद खतिवडाले मन्त्रालयको टोलीलाई अवगत गराए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी र यूएनएफपिए सुनसरीको संयोजनमा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia