साह सेवा समिति सुनसरीले इटहरी नगरकमिटिको नगर अधिवेशन समपन्न गरेको छ। जनता मा. वि. इटहरीको स्रोत केन्द्र भवनमा उक्त कार्यक्रम समपन्न भएको हो।इटहरी उपमाहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको आयोजना साह सेवा समिति सुनसरीले गरेको थियो।

इटहरी नगरकमिटिको नगर अधिवेशन तथा चियापान समारोहबाट २७ सदस्य नया कार्य समिति चयन गरिएको छ। हिरालाल शाहको नेतृत्वमा २७ सदस्य कार्य समिति गठन गरिएको हो। जस अनुरुप उपाअध्यक्ष दिनानाथ शाह, सचिव महेश्वर प्रसाद शाह, सहसचिवमा रमेश प्रसाद शाह, कोषाध्यक्षमा संजिव शाह लगायत कार्य सदस्य समिति गठन गरिएको हो।

कार्यक्रमको अध्यक्षता साह सेवा समिति सुनसरीका अध्यक्ष रामकुमार साहले गर्नु भएको थियो। विशिष्ट अथितिमा कोशि टप्पु वन्यजन्तु आरक्षणका प्रमुख श्याम कुमार शाह, सावित्रि शाह लागायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia