१४ कात्तिक, इनरुवा। थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पूर्वमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको सभाको इनरुवा नगर कमिटी अध्यक्ष मोहीनारायण चौधरीले बताए ।


कार्यक्रमको इनरुवा नगरपाकिलाका प्रमुख राजन मेहता र सभाका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रमको उद्घाटन सत्रमा सुनसरी क्षेत्र २ प्रतिनिधि सभा सदस्य निर्वाचनका एमाले तर्फका दाबेदार खेमराज पोखरेल, वडाध्यक्ष अञ्जनी पोखरेल, नेताहरु एसएन मेहता, रामराज चौधरी र सभाकी महिला जिल्ला अध्यक्ष शुशिला चौधरी लगायतको उपस्थिती रहेको थियो ।
थारु जागृती क्लब बलाहाको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीका अध्यक्ष मोहीनारायण चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia