इनरुवा कात्तिक १५। नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतले टिकट वितरण प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गर्नु भएको छ । आज साँझ निवासमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ सुनसरी क्षेत्र नम्वर ४ कालागि स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने घोषणा गर्नु भएको हो ।


पञ्चायत काल देखि काँग्रेसको हकहीतमा काम गर्दै आएको व्यक्तिलाई पाखा लगाएर भोजपुरबाट आयातित नेतालाई उम्मेद्वार बनाइएको प्रति बस्नेतले आक्रोस पोख्नु भयो । बस्नेतले भोलि हुने मनोनय दर्ताको समयसीमा भित्र मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी पार्टीका तर्फबाट सुनसरी क्षेत्र नम्वर ४ बाट उम्मेदवार बन्न लाग्नु भएका अर्थमन्त्री ज्ञानेन्द्र कार्की विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने बताउनु भएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia