१५ कार्तिक, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेकालागि निर्धारित प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि भोलि हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

निर्धारित समय सीमा भित्र दलहरुले मनोनय दर्ता गर्ने व्यवस्था मिलाइएको मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकालले बताउनुभ भयो ।मनोनयन दर्ताका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुसँगको समन्वयमा समय तालिका समेत निर्धारण गरेको छ । सुनसरीमा हुने मनोनयन दर्ताका लागि दलहरुले आफु पायकको समय तालिका मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्धारण गरेका छन् ।

जसमा सबैभन्दा पहिला संघीय समाजवादी फोरमले मध्यान्ह १२ः३० को समय लिएको छ । नेपाली काँग्रेसले सवा एक बजेको समयमा मनोनयन दर्ता गर्ने जनाएको छ भने एमाले र माओवादी सम्मिलित बाम गठबन्धनले दिउँसो २ बजेकालागि मनोनयन दर्ताको समय निर्धारण गरेको छ । त्यसैगरी राजपाले दिनको ३ बजेकालागि मनोनयन दर्ताको समय निर्धारण गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले जनाएको छ ।

सुनसरीमा मंसिर २१ गतेको निर्वाचनमा स्थानीय तह निर्वाचनको भन्दा ५३ हजार बढी मतदाता सहभागि हुँदै छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार मंसिर २१ गतेको निर्वाचनमा जिल्लाबाट ४ लाख ७४ हजार ८ सय ३१ जना मतदाता सहभागि हुनेछन् । जसमा पुरुष मतदाताको संख्या २ लाख ३६ हजार ९ सय ९५ जना रहेको छ भने महिलाको संख्या २ लाख ३७ हजार ८ सय ३६ रहेको छ । सुनसरीमा ५ सय २७ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १ सय ६६ मतदान स्थल कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाका ६४ वटा मतदान केन्द्रलाई अति सम्वेदनशील र १ सय २ केन्द्रलाई सम्वेदनशीलको सूचिमा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia