इनरुवा १५ कात्तिक/नेपाली काँग्रेस सुनसरीका उपसभापति रामप्रसाद मेहता एमाले प्रवेश गरेका छन् ।
केहिबेर अघि उनलाई एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला लगायतका नेताहरुले पार्टी प्रवेश गराएका छन् । मेहतासँगै उनको परिवार र केही अन्य काँग्रेसी कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् ।


पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेत सहित एमाले नेताहरु रमेश श्रेष्ठ, खेमराज पोखरेल, पोष्ट नेपाल लगायतको उपस्थिती रहेको थियो ।एमाले प्रवेश गरेका मेहतालाई सुनसरी क्षेत्र नम्वर २ को प्रदेश सभा ख तर्फ एमालेबाट उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia