१६ कार्तिक, अमर काफ्ले इनरुवा। सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि मनोनयन पत्र दर्ता गर्न पुग्नु भएका उप प्रधान तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले निर्वाचन पछि वाम गठबन्धन चकनाचुर हुने बताउनु भएको छ । वाम गठबन्धनले दुई तिहाइको सपना देखेपनि बहुमत ल्याउन नसक्ने वहाँको भनाई थियो । राजनीतिक स्थायीत्व र संविधान जोगाउने ठुलो जिम्मेवारी लोकतान्त्रिक गठबन्धनको काधमा आएको बताउँदै मंत्री गच्छदारले मुलुलले कम्युनिष्ट अधिनायकबाद स्विकार गर्न नसक्ने बताउनुभयो । वहाँले कम्यूनिष्टहरुको एकतालाई मुलुकमा साम्यवादी निरंकुशता लाद्ने षड्यन्त्र भएको बताउदै कुनै पनि हालतमा निर्वाचनमा वामगठबन्धलाई हराउनु पर्ने चुनौति नेपाली कांग्रेस सामु आएको धारणा राख्नु भयो ।

त्यसैगरी मनोनयन दर्ता पश्चात एमाले सचिव भीम आचार्यले बाम गठबन्धनले सुनसरीका सबै सिट जित्ने दावि गर्नु भएको छ । वहाँले टिकट वितरण प्रति पार्टी भित्र असन्तुष्टि बढेको भन्ने हल्ला निराधार भएको र बाम गठबन्धनसँगको सम्झौता अनुरुप टिकट वितरण गरिएको स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia