२७ कार्तिक, इनरुवा। जिल्ला सुरक्षा समिति सनुसरीले भारतसँग सीमा जोडिएका नाकाहरुमा कडाई गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रको ५ सय मिटरको क्षेत्रमा मदिरा जन्य कारोवारकालागि नयाँ लाइसेन्स दिने प्रकृया बन्द गर्ने समेत निर्णय गरेको छ ।
सीमामा राती अवेर सम्म हुने भारतीयहरुको उपस्थिती र बढ्दो मदिराजन्य कारोवारले शान्ति सुरक्षामा खलल पुग्न सक्ने निष्कर्ष सहित सीमा क्षेत्रमा कडाई गर्न लागिएको सुनसरी प्रशासनले जनाएको छ । समितिको बैठकमा सीमानाका हुँदै साना हतियार नेपालतर्फ भित्रिन सक्ने विषयमा समेत कुरा उठेको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले नाकामा संयुक्त गस्ती, र अवान्छित गतिविधी रोक्ने सम्वन्धमा भारतीय पक्षसँगको सुरक्षा बैठकमा ठोस निर्णय गरिने समेत जानकारी दिए ।








