२७ कार्तिक, इनरुवा। सुनसरीको क्षेत्र नम्वर ४ बाम गठबन्धनद्धारा आयोजित चुनावी कार्यक्रममा ४ सय ५० बढी नेता तथा कार्यकता एमालेमा प्रवेश गरेका छन् । बाम गठबन्धन तर्फबाट क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य तर्फका नेकपा एमालेका उमेदवार रमेश श्रेष्ठले नेपाली कांग्रेस र मधेश केन्द्रित दलका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराए ।

नेपाली कांग्रेसमा ४२ वर्ष देखि सकृय रहँदै आएका मुस्लिम अन्सारी सहितका नेताहरुलाई श्रेष्ठले एमालेमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश गर्नेहरुमा मुस्लिम संघका विभिन्न पदाधिकारीहरु समेत रहेका छन् । मुस्लिम अगुवा तथा स्थानीय नेताहरु पुरानो पार्टी त्यागी एमालेमा प्रवेश गरेकाले सुनसरी क्षेत्र नम्वर ४ मा आफ्नो जितको आधार मजबुत बन्दै गएको बाम गठबन्धन तर्फका प्रतिनिधिसभा सदस्य पदका एमालको उमेदवार श्रेष्ठले विश्वास व्यक्त गरे ।








